शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा कुन पालिकाको कति बजेट ?

आइतबार, १० असार २०८०, २२ : २६
आइतबार, १० असार २०८०


दाङ । दाङका दशवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेका छन् । दाङमा दुुई उपमहानगरपालिका, एक नगरपालिकासहित सातवटा गाउँपालिका रहेका छन् । दशवटै स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम तय गरी उक्त नीति तथा कार्यक्रम कार्यन्वयनका लागि आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका छन् । 

घोराही उपमहानगरपालिका दुुई अर्व १५ करोड ८३ लाख 
दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ क लागि दुुई अर्व १५ करोड ८३ लाख रुपैया बजेट बिनियोजन गरेको छ । कुल बिनियोजित रकममध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ७६ करोड ५९ लाख मध्ये ५ करोड ३१ लाख अर्थात ६.९३ प्रतिशत पूँजीगत खर्च र ७१ करोड २८ लाख अर्थात ९३.७ प्रतिशत चालु खर्च रहेको छ । 

त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान ४ करोड ७८ लाख ५० हजारमध्ये ४ करोड ६४ लाख अर्थात ९६.९७ प्रतिशत पूँजिगत खर्च र १४ लाख ५० हजार अर्थात ३.०३ प्रतिशत चालु खर्च रहेको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान, राजश्व बाँडफाँड र रोयल्टी तथा उपमहानगरपालिककाको आन्तरिक आय (घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दात ) समेतबाट  बिनियोजन गरिएको बजेट १ अर्ब ३४ करोड १७ लाख ३३ हजारमध्ये  ५६ करोड ६० लाख ९० हजार अर्थात ४२.२० प्रतिशत चालु खर्च र ७७ करोड ५६ लाख ४३ हजार अर्थात ५७.८० प्रतिशत पूँजिगत खर्च रहेको छ । 

कुल बजेट २ अर्ब १५ करोड ५४ लाख ८३ हजारमध्ये १ अर्ब २८ करोड ३ लाख ४० हजार अर्थात ५९.४० प्रतिशत चालु खर्च र ८७ करोड ५१ लाख ४३ हजार अर्थात ४०.६० प्रतिशत पूँजिगत खर्च रहेको छ । 

तुलसीपुर उमहानगरपालिका १ अर्व ७९ करोड ४५ लाख 
त्यस्तै तुुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको कुल बजेट १ अरव ७९ करोड ४५ लाख ६९ हजार ७ सय ५० रुपैयाँ रहेको छ । जसमा उपमहानगरपालिकाले चालुतर्फ ४७ करोड ७ लाख १८ हजार ४ सय ९१ अर्थात कुल बजेट खर्चको  २६.२३ प्रतिशत रहेको छ, विकास र सशक्तिकरणका कार्यक्रमहरु, सशर्तका कार्यक्रमहरुतर्फ कुल खर्च १ अरब ३० करोड ८८ लाख ५१ हजार २ सय ५९  कुल बजेट खर्चको ७२.९३ प्रतिशत रहेको छ । यसैगरी वित्तिय खर्चतर्फ १ करोड ५० लाख  विनियोजन गरिएको छ, जुन कुल बजेट खर्च अनुमानको ०.८४  प्रतिशत रहेको छ ।


उपमहानगरपालिकाले आन्तरिक श्रोतबाट २१ करोड, स्थानीय तह राजश्व वाँडफाँड मालपोत रजिष्टेशनवाट १२ करोड, ढुंगा गिट्टि दहत्तर बहत्तरवाट प्राप्त  ३ करोड र विज्ञापन कर १५ लाख गरि कुल आन्तरिक आम्दानी ३६ करोड १५ लाख अनुमान गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान  २९ करोड ८ लाख, सशर्त अनुदान ६५ करोड १३ लाख, समपुरक अनुदान  ७५ लाख, विशेष अनुदान १ करोड  र राजश्व बाँडफाड संघ २३ करोड २ लाख ७१ हजार, खानी र वन रोयल्टी  १५ लाख  गरि कुल १ अरब १९ करोड १३ लाख ७१ हजार प्राप्त हुने अनुमान गरेको छ ।

त्यसै गरि प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान २ करोड २३ लाख, ४१ हजार सशर्त अनुदान २ करोड ३६ लाख, ५० हजार समपुरक अनुदान २ करोड, राजश्व बाँडफाड प्रदेश  २ करोड ११ लाख ३० हजार ७ सय ५० कुल ८ करोड ७१ लाख २१ हजार ७ सय ५० मात्र र अन्य संघ संस्था अनुदानमा नगरविकास कोष ऋण ११ करोड, युनिसेफ अनुदान  ४५ लाख र सडक वोर्ड नेपाल १ करोड, यु.एस.आइ.डी.३ करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान गरि कुल आम्दानी बजेट अनुमान गरिएको छ  ।

 लमही नगरपालिका ८५ करोड ४५ लाख 
लमही नगरपालिकाले आगामी आर्थिक बर्षको ८५ करोड ४५ लाख बढी बजेट ल्याएको छ । चालु आर्थिक बर्षमा एक अर्ब ३९ करोड ८० लाख २० हजार बजेट ल्याएको नगरपालिकाले आगामी आर्थिक बर्षको लागि जम्मा ८५ करोड ४५ लाख ७६ हजार ८ सय १९ रुपैयाँको बजेट सिमा तोकेर ५९ करोड ३१ लख ७२ हजार ८ सय १९ रुपैयाँको बिषयगत बजेटमा सिलिङ तोक्दै बजेट ल्याएको हो ।

उपप्रमुख लक्ष्मी योगीले संघीय सरकार समानीकरण तर्फ १३ करोड ७५ लाख, संघीय सरकार राजश्व बाँडफाँड १३ करोड २४ लाख २९ हजार, संघीय सरकार समपूरक अनुदान ५० लाख बजेट आय प्रस्तुत गरिन् । यस्तै संघीय सरकार सशर्त अनुदान २४ करोड १३ लाख, प्रदेश सरकार समानीकरण १ करोड ३ लाख ३९ हजार, प्रदेश सरकार सशर्त अनुदान १ करोड १९ लाख, प्रदेश सरकार समपुरक अनुदान १ करोड ५० लाख, आन्तरिक श्रोत ११ करोड १२ लाख ५० हजार, राजश्व बाँडफाँड स्थानीय १२ करोड ८ लाख ५० हजार, बैंक मौज्दात आन्तरिक श्रोत ५ करोड गरी ८५ करोड ४५ लाख ७६ हजार ८ सय १९ रुपैयाँको बजेटको सिमा तोकेको छ ।

बजेटमा प्रशासनिक खर्च १५ करोड ५८ लाख ६० हजार, आर्थिक बर्ष २०७९/८० को भुक्तानी बाँकी १२ करोड, समपुरक कोष ३ करोड, क्रमागत आयोजना १० करोड विनियोजन गरिएको छ । यस्तै शिक्षा युवा तथा खेलकुद शाखामा एक करोड ८१ लाख, स्वास्थ्य शाखामा ५० लाख, कृषि शाखामा ५० लाख, पसु सेवा शाखामा ५० लाख, विपद् व्यवस्थापन तथा सरसफाई शाखामा २५ लाख, न्यायिक समितिमा १५ लाख, पर्यटन शाखामा ५ लाख, विपद् व्यवस्थापन कोषमा ७५ लाख बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार शाखामा ४ करोड ५० लाख, लमही अस्पतालमा ५० लाख, आयूर्वेद शाखामा १५ लाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा ३५ लाख, उपभोक्ता हित संरक्षण शाखामा ७ लाख, सूचना तथा सञ्चार प्रविधि शाखामा १० लाख, जनतासँग मेयर कार्यक्रममा ७५ लाख, सुशासन तथा संस्थागत विकास शाखामा १० लाख, सहकारी शाखामा १० लाख १२ हजार ८ सय १९ रुपैयाँ बजेट विनियोजन गरिएको छ । राजश्व शाखामा ७ लाख बजेट विनियोजन गरिएको छ । ९ वडा कार्यालयमा ६० लाखको दरले ५ करोड ४० लाख बजेट विनियोजन गरिएको छ । यस्तै लमही अस्पताल आन्तरिक स्रोततर्फ एक करोड १८ लाख बजेट प्रस्ताव गरिएको छ ।

बंगलाचुली गाउँपालिका : ५७ करोड २५ लाख ८४ हजार

त्यस्तै दाङको बंगलाचुली गाउँपालिका गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५७ करोड २५ खाल ८४ हजार बजेट विनियोजन गरेको छ । जसमध्ये पुँजीगततर्फ  २४ करोड ६५ लाख ६० हजार र चालुतर्फ शिक्षा, स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा, कार्य सञ्चालन तथा व्यवस्थापनसहित ३२ करोड ६० लाख २४ हजार विनियोजन गरेको छ ।

गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक तथा संस्थागत विकासका लागि १९ करोड ४० लाख र स्वास्थ्य क्षेत्रका लागि ६ करोड ३८ लाख गरी जम्मा २५ करोड ७८ लाख शिक्षा र स्वास्थ्यमा विनियोजन गरेको छ । गाउँपालिकाले तलब भत्ता तथा कार्यालय सञ्चालन तथा व्यवस्थापन लगायतका प्रशासनिक खर्च तर्फ ७ करोड ६५ लाख बजेट प्रस्ताव गरेको छ ।

राजपुर गाउँपालिका : ६१ करोड १८ लाख ९८ हजार
त्यस्तै दाङको राजपुर गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि ६१ करोड १८ लाख ९८ हजार ७ सय ८५ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जसमा चालु तर्फ ४४ करोड ९५ लाख ३६ हजार ७ सय ८९ र पुँजीगत तर्फ १६ करोड २३ लाख ६२ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । आर्थिक विकास तर्फ ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ सार्वजानिक गरेको छ । 

गढवा : ६३ करोड १४ लाख

गढवा गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ६३ करोड १४ लाख ५७ हजार एक सय ७२ ?पैयाँ बजेट प्रस्तुत गरेको छ । चालु खर्चमा १३ करोड ५९ लाख ९७ हजार र बाँकी बजेट बिषयगत शाखा र वडा कार्यालयमा विनियोजन गरेको छ । कृषि विकास शाखामा १ करोड ५३ हजार, स्वास्थ्य शाखातर्फ ९३ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा ५३ लाख ९५ हजार बजेट प्रस्तुत गरिएको छ ।

वन तथा वातावरण फोहरमैला तथा पर्यटन शाखामा ३० लाख, न्याययिक समितिमा ७ लाख, पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखामा तीन लाख, पशुपंक्षी तथा मत्य विकास शाखामा ५२ लाख २० हजार, सहकारी शाखामा १० लाख, शिक्षा युवा तथा खेलकुद शाखामा ८२ लाख, आयूर्वेदिश औषधालयमा १५ लाख, गाउँपालिका स्तरीय योजना तथा कार्यक्रममा ७ करोड ६६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

वडागत योजनामा ५ करोड ५९ लाख, वडागत प्रोत्साहन ९८ लाख, समपुरक कोषमा ३ करोड ४२ लाख १५ हजार एक सय ७२, गाउँ गौरव तथा गाउँपालिकास्तरीय योजनाहरुमा एक करोड ५० लाख बजेट विनियोजन भएको छ । संघ तथा प्रदेश सरकारबाट विनियोजन सशर्त अनुदान, बिशेष अनुदान, समपुरक अनुदानमा २५ करोड ८७ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

दंगीशरण गाउँपालिका : ४३ करोड ६१ लाख ७० हजार 
दाङको दंगिशरण गाउँपालिकाले  आर्थिक बर्ष २०८०–८१ का लागि ४३ करोड ६१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । जस अन्तर्गत चालु तर्फ २७ करोड ५३ लाख १८ हजार र पुँजीगततर्फ १६ करोड ८५ लाख २ हजार बजेट विनियोजन गरेको छ ।

जसमा प्रदेश सरकारबाट चालु खर्च ९७ लाख १४ हजार, संघीय चालु खर्च १५ करोड ६४ लाख ८३ हजार र आन्तरिक स्रोततर्फ १० करोड ९१ लाख ११ हजार गरी चालुखर्च तर्फ जम्मा २७ करोड ५३ लाख १८ हजार खर्च बिनियोजित भएको हो । यस्तै पुँजीगत खर्चतर्फ प्रदेश सरकारबाट १ करोड ९८ लाख ७४ हजार, संघीय पुँजीगत तर्फ ११ करोड ८६ लाख १७ हजार, आन्तरिक स्रोततर्फ २ करोड २३ लाख ७१ हजार गरी जम्मा पुँजीगत खर्चतर्फ १६ करोड ८५ लाख २ हजार रकम प्रस्तुत गरेको छ । 

त्यस्तै राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६५ करोड ७६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । जसमा ३१ करोड ५८ लाख र पुँजीगततर्फ ३३ करोड २६ लाख रहेको छ  भने दाङको पश्चिम बबई गाउँपालिकाले ४६ करोड ल्याएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप