साउदी दूतावासद्वारा शैक्षिक प्रमाणपत्र फेरि अनिवार्य
काठमाडौँ । नेपालस्थित साउदी अरबको दूतावासले भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । गत जुन १२ तारिखदेखि वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको भिसाका शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको थियो । तर, चौतर्फी विरोधपछि दूतावास आफ्नो निर्णयबाट पछि हटेको थियो ।
अहिले पुनः शैक्षिक प्रमाणपत्र अनिवार्य माग गर्न थालेको हो । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने नियम पुनः लगाएको हो ।
दूतावासको उक्त निर्णयको नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले चर्को विरोध गरेका थिए । त्यसपछि दूतावासले माथिल्ला पदहरूमा प्रमाणीकरण भएको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने भएपनि लेबर भिसामा जाने कामदारको हकमा प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य नगरिएको जनाएको थियो । त्यसपछि दुई हप्ता सहज रूपमा भिसा प्रदान गरिएको थियो ।
तर, हाल दूतावासले पुनः भिसाका लागि प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।
दूतावासले आधिकारिक रूपमा केही जानकारी दिएको छैन । तर, भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । जसले गर्दा भिसाका लागि जाने नेपालीहरू मर्कामा परेका छन् ।
दूतावासबाट औपचारिक जानकारी नआएका कारण यो विषय के गर्ने भन्ने अहिलेसम्म निर्णय गर्न नसकिएको महासचिव भुर्तेलले बताए । ‘हामीलाई औपचारिक जानकारी आएको छैन । बाहिरबाट बुझ्दा प्रमाणपत्र अनिवार्य गरेको छ । दूतावासलाई मेल लेखेर जानकारी लिने काम भइरहेको छ । दूतावासबाट प्रतिक्रिया दिएपछि के गर्ने भनेर अगाडि बढ्छौँ,’ उनले भने ।
यसअघि दूतावासले साउदी जानको लागि आवश्यक पर्ने भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गर्ने जनाएको थियो । उसले एसईई/एसएलसी सम्मको शैक्षिक प्रमाणपत्र माग गर्ने भनेको थियो । तर, यो विषयमा चौतर्फी विरोध भएपछि अन्तिम दिनमा ब्याक हटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण