तिमी कायर कि म ?
मान्छेहरू भन्छन्, उ कस्तो कायर
जीवन जिउनै सकेन,
जाबो हाकिम साबले जिस्क्याउँदैमा
आत्महत्या नै गर्यो
तिनलाई के थाहा उसको त्यो मजाक,
मेरो सात पुस्ताले पिउँदै गरेको विष थियो
हेपिँदै आएको त्यो जातरूपी विष थियो
धपाउँदै आएको खसरूपी विष थियो ।
मान्छेहरू भन्छन्, उ कस्तो कायर
जीवन जिउनै सकेन,
जाबो सत्य देखाउँदा
आत्महत्या नै गर्यो ।
तिनलाई कसैले बताई दिनु
त्यो सत्य हैन, झुठ थियो
मनै कटक्क खाने दमन थियो
हजारौँ पल्ट बोलेर दिइएको
धोखा थियो, वैमनश्यता थियो ।
र, म त बस एक पटक मरे
तिमी त दिनहुँ मर्दैैछौ र मार्दैछौ
कहिले कथित जातिको नाउँमा
त कहिले धर्मको नाउँमा
कहिले फेसबुके भाइरसको चित्कारमा
त कहिले सोमरसको आडमा
कहिले अन्याय सहेर मर्यो
त कहिले न्याय बेचेर मर्यो ।
हो, त्यसैले म अब
तिम्लाई सोध्न चाहन्छु
म साहस गरेर
एकै पल्ट मर्ने कायर
कि
तिमी हर दिन हर क्षण
पटक पटक मर्ने कायर ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण