प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरमा हुन्छ : परराष्ट्रमन्त्री साउद
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सेप्टेम्बर अर्थात भदौ महिनामा छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले आगामी सेप्टेम्बरमा चीन भ्रमण गर्ने खुलासा गरेका हुन् ।
सोमबार प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन् । मन्त्री साउदले चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिनुपर्ने पनि बताए ।
‘प्रधानमन्त्रीजीको चीन भ्रमण हुँदैछ । सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, मन्त्री साउदको भनाइ छ । उनले उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको भन्दै चिनियाँ विकासको छलाङलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहाल जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण