परराष्ट्रमन्त्री साउद बाकु जाँदै
सोमबार, १८ असार २०८०, १७ : २५
काठमाडौँ । असंलग्न अभियान (नाम) को कोओर्डिनेसन ब्यूरोको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन् । अजरबैजानको राजधानी बाकुमा असार १८ देखि २१ गतेसम्म सो बैठक आयोजना हुँदैछ ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउद भोलि बाकुतर्फ प्रस्थान गर्नेछन् । उनले बैठकलाई बुधबार सम्बोधन गर्ने कार्यतालिका रहेको छ । भ्रमणका क्रममा अजरबैजान सरकारका उच्च अधिकारीहरू तथा बैठकमा सहभागी अन्य देशका नेताहरूसँग पनि साउदले छलफल गर्ने मन्त्रालयको भनाई छ । साउद शनिबार नेपाल फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण