परराष्ट्र मन्त्री साउद र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता
बिहीबार, २१ असार २०८०, २१ : ५१
काठमाडौँ । असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउद र राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटका क्रममा परराष्ट्र मन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई नामको मन्त्रिस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा दुई देशबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगलाई थप मजबुत बनाउन पारस्परिक हितका विषयमा छलफल भएको बताइएको छ ।
अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री साउदले बुधबार मन्त्रिस्तरीय बैठक सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण