साम्बाको गोलपछि नेपालले बंगलादेशलाई बराबरीमा रोक्यो
काठमाडौँ । नेपालको महिला राष्ट्रिय फुटबल टोलीले बिहीबार खेलिएको मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशलाई १—१ गोलको बराबरीमा रोकेको छ । प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्जुरी समयमा गोल गर्दै नेपाललाई सम्भावित पराजयबाट जोगाएकी थिइन् ।
बंगलादेशमा बिहीबार पहिलो मैत्रीपूर्ण खेल भएको हो । खेलको ६५औं मिनेटमा सविना खातुनको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । पराजयतर्फ उन्मुख देखिएको नेपाली टोलीलाई अन्तिम समयमा भण्डारीले राहत दिएकी थिइन् ।
उनले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ । भण्डारी लामो समयपछि मैदानमा फर्किएकी हुन् । नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनपछि पहिलो पटक भिडेका हुन् । साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण