परराष्ट्रमन्त्री साउद आज बैंकक जाँदै
आइतबार, ३१ असार २०८०, ०७ : २७
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड प्रस्थान गर्दैछन् । बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।
आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल छैनन् । बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थानमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रुपमा पनि लिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण