बीपी कोइरालाको सम्झनामा दीप प्रज्ज्वलन
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता जननायक बीपी कोइरालाको स्मृतिमा दीप प्रज्ज्वलन गरिएको छ । बीपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज साँझ टुडाँलदेवी मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरेको हो ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले बिपीको विचार र चिन्तनलाई कांग्रेसले सँधै अगाडि बढाउने बताए । उनले बीपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेको काम आजसम्म कुनै सरकारले गर्न नसकेको बताए ।
“आर्थिक दृष्टिकोण विनाको राजनीतिक अगाडि बढ्न नसक्ने बिपीको विचार थियो, बीपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको आर्थिक उन्नति धेरै अगाडि बढ्थ्यो”, उनले भने ।
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ का सभापति रामप्रसाद न्यौपानेले बीपीको स्मृति दिवसलाई विभिन्न तरिकाले मनाउने क्रमअनुसार दीप प्रज्ज्वलन गरिएको बताए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्द्धक बीपी राष्ट्रवादी राजनेता भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण