विपक्षी दलहरुबाट नेपाली सेना र परराष्ट्र नीतिमाथि प्रहार भयो : परराष्ट्रमन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलहरुबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार भइराखेको बताएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले आइतबार सत्ता नपाएपछि विपक्षी दलहरुले सेना, परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार गरिरहेको बताएका हुन् ।
विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएका जस्तो अवस्थामा देखिएका पनि टिप्पणी गरे। ‘आज आर्मी जस्तो संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्। आज मुलुकको असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको छ,’ साउदले भने, ‘उनीहरु सत्ता नपाएर बौखलाएको जस्तो अवस्था अहिले देखिएको छ।’
उनले सत्ता साझेदार दल कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिए। ‘नेपाली कांग्रेस ठिक बाटोमा छ। ठिक ट्रयाकमा छ,’ साउदले भने, ‘यो ठिक ट्रयाकमा जाने कुरामा आत्मविश्वास राखेर अगाडि बढ्नुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण