प्रहरीका वरिष्ठ सई होटलमा मृत भेटिए
होटल सञ्चालिका र छोरा नियन्त्रणमा
मङ्गलबार, ०९ साउन २०८०, ११ : ०२
काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) मृत भेटिएका छन् । वरिष्ठ सई उज्ज्वल पौडेल होटलमा मृत अवस्थामा भेटिएको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले रातोपाटीलाई बताइन् ।
पर्दाको पासो लगाएको अवस्थामा बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पौडेल मृत भेटिएका हुन् । प्रहरीले अनुसन्धानका लागी होटल संचालिका र छोरालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।
मृतक सई पर्वतका स्थानीय हुन् । उनका आफन्त घटनास्थलमा पुग्दै छन् । इलाका प्रहरी कार्यालय भिमगिठेबाट सो होटल १० किलोमिटर पर छ ।
घटना सोमबार राति साढे १२ बजे भएको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट करिब ७४ किलोमिटरको दुरीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको आसाममा वायुसेनाको सैन्य विमान दुर्घटना
-
सुधन फर्किए, प्रश्न जीवितै
-
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार, मापदण्ड विपरीत सञ्चालन भएको खुलासा
-
न्याय माग्दै डाक्टरहरूद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री तिमिल्सिना
-
हलेसीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण