शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीका वरिष्ठ सई होटलमा मृत भेटिए

होटल सञ्चालिका र छोरा नियन्त्रणमा
मङ्गलबार, ०९ साउन २०८०, ११ : ०२
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) मृत भेटिएका छन् । वरिष्ठ सई उज्ज्वल पौडेल होटलमा मृत अवस्थामा भेटिएको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले रातोपाटीलाई बताइन् ।

पर्दाको पासो लगाएको अवस्थामा बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पौडेल मृत भेटिएका हुन् । प्रहरीले अनुसन्धानका लागी होटल संचालिका र छोरालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।

मृतक सई पर्वतका स्थानीय हुन् । उनका आफन्त घटनास्थलमा पुग्दै छन् । इलाका प्रहरी कार्यालय भिमगिठेबाट सो होटल १० किलोमिटर पर छ ।

घटना सोमबार राति साढे १२ बजे भएको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट करिब ७४ किलोमिटरको दुरीमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप