महिला विश्वकप : अंक बाँडे नर्वे र स्विट्जरल्यान्डले
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगितामा मंगलबार नर्वे र स्विट्जरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उक्त नतिजापछि स्विट्जरल्यान्ड चार अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ ।
स्विट्जरल्यान्डले आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई २—० गोलले हराएको थियो । आयोजक न्युजिल्यान्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले नर्वेलाई १—० गोलले हराएको थियो । न्युजिल्यान्ड आफ्नो दोस्रो खेलमा भने फिलिपिन्ससँग १—० गोलले पराजित भएको थियो ।
फिलिपिन्स तीन अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । नर्वे भने एक अंकसहित चौथो स्थानमा छ । उक्त समूहमा सबै टोलीले दुई-दुई खेल खेलिसकेका छन् ।
समूहगत चरणको आफ्नो अन्तिम खेलमा स्विट्जरल्यान्डले ३० तारिखमा न्युजिल्यान्डको सामना गर्नेछ । सोही दिन नर्वे र फिलिपिन्सबीच अर्को खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण