दिल्लीमा नेपाली महिला मृतावस्थामा फेला

काठमाडौँ । भारतको नयाँ दिल्लीमा एक ३२ वर्षीया महिला मृतावस्थामा फेला परेकी छन् । दक्षिण दिल्लीको सर्वोदय क्षेत्रमा रहेको एक घरमा ती महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारिएको स्थानीय प्रहरीले जनाएको छ ।
ती महिलाले झुण्डिएर आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले महिलाको नाम कमला भएको जानकारी दिएको छ । महिलाको घर नेपालको लामडाडामा रहेको बताइएको छ । प्रहरीले सोमबार दिउँसो १ः२५ बजे घटनाबारे जानकारी पाएको थियो ।
टाइम्स अफ इन्डियाको समाचारमा जनाइए अनुसार, लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारेको थियो । महिला सलको पासो लगाएर सिलिङ फ्यानमा झुण्डिएकी थिइन् ।
कमला श्रीमान, १४ वर्षीया छोरी र आठ वर्षीय छोरासहित विगत १७ वर्षदेखि त्यो घरमा बस्दै आएकी थिइन् । कमलाका श्रीमानले त्यही घरमा घरेलु कामदार थिए । घटना हुँदा कमलाका छोरा—छोरी विद्यालयमा थिए भने श्रीमान काम विशेषले बैंक गएका थिए ।
घटनाको अनुशन्धानमा संलग्न प्रहरीका अनुसार, कमलाले पछिल्लो आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएकी थिइन् । कमलाको शवलाई एम्स अस्पतालको शवगृहमा राखिएको र उनको शरीरमा आन्तरिक चोटको कुनै संकेत नपाइएको पनि प्रहरीले जनाएको छ । घटनाको थप अनुशन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्णालीका छोरीहरूको शैक्षिक सशक्तीकरणमा जोड दिन आवश्यक’
-
प्रचण्डले अनावश्यक भ्रम फैल्याउँदा राजावादीलाई फाइदा भयो: कानुनमन्त्री चौरसिया
-
टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का
-
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्रका शत्रु हुन् : मन्त्री गुरुङ
-
निर्देशक खनाललाई प्रश्न–साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् ?
-
दुर्गा प्रसाईंले साढे २७ करोड ‘राउण्ड ट्रिपिङ्ग’ गराए, ७ अर्ब २५ करोड ऋण