दिल्लीमा नेपाली महिला मृतावस्थामा फेला
काठमाडौँ । भारतको नयाँ दिल्लीमा एक ३२ वर्षीया महिला मृतावस्थामा फेला परेकी छन् । दक्षिण दिल्लीको सर्वोदय क्षेत्रमा रहेको एक घरमा ती महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारिएको स्थानीय प्रहरीले जनाएको छ ।
ती महिलाले झुण्डिएर आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले महिलाको नाम कमला भएको जानकारी दिएको छ । महिलाको घर नेपालको लामडाडामा रहेको बताइएको छ । प्रहरीले सोमबार दिउँसो १ः२५ बजे घटनाबारे जानकारी पाएको थियो ।
टाइम्स अफ इन्डियाको समाचारमा जनाइए अनुसार, लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारेको थियो । महिला सलको पासो लगाएर सिलिङ फ्यानमा झुण्डिएकी थिइन् ।
कमला श्रीमान, १४ वर्षीया छोरी र आठ वर्षीय छोरासहित विगत १७ वर्षदेखि त्यो घरमा बस्दै आएकी थिइन् । कमलाका श्रीमानले त्यही घरमा घरेलु कामदार थिए । घटना हुँदा कमलाका छोरा—छोरी विद्यालयमा थिए भने श्रीमान काम विशेषले बैंक गएका थिए ।
घटनाको अनुशन्धानमा संलग्न प्रहरीका अनुसार, कमलाले पछिल्लो आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएकी थिइन् । कमलाको शवलाई एम्स अस्पतालको शवगृहमा राखिएको र उनको शरीरमा आन्तरिक चोटको कुनै संकेत नपाइएको पनि प्रहरीले जनाएको छ । घटनाको थप अनुशन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण