बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

खाणबारे बैठक मौन बसेपछि महामन्त्री थापाको फरक मत

बुधबार, १० साउन २०८०, १८ : ३९
बुधबार, १० साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णयमा फरक मत राखेका छन् ।

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका नेता बालकृष्ण खाणबारे बैठकले निलम्बनको निर्णय नलिएपछि महामन्त्री थापाले फरक मत राखेका हुन् । बैठकमा पनि महामन्त्री थापाले  खाणलाई निलम्बन गर्नुपर्ने लिखित मत दर्ज गराएका थिए । 

बैठकका निर्णयमा पनि महामन्त्री थापाको लिखित मत रहेको अर्को महामन्त्री शर्माले सुनाए । महामन्त्री थापाले फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने मत पार्टी बैठकमा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप