विश्वकप छनोट फुटबल : नेपालको प्रतिद्वन्द्वी लाओस
बिहीबार, ११ साउन २०८०, १८ : २१
काठमाडौँ । विश्वकप छनोट फुटबलको एसियाली क्षेत्रको प्रारम्भिक चरणको छनोट प्रतियोगितामा नेपालले लाओससँग प्रतिस्र्धा गर्नुपर्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार खेल तालिका सार्वजनिक गरिएको हो ।
खेल तालिका सार्वजनिक गरिँदा नेपालले लाओसलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । नेपालले लाओससँग ‘होम एण्ड अवे’ गरि दुई खेल खेल्ने छ । लाओससँगको पहिलो लेग खेल अक्टोबर १२ तारिखमा घरेलु मैदानमा खेलिने छ ।
यसैगरी दोस्रो लेग खेल अक्टोबर १७ तारिखमा लाओसको घरेलु मैदानमा हुनेछ । दोस्रो चरणका लागि छनोट भएमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन तथा यमन र श्रीलंकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण