प्रदेश प्रमुखद्वारा प्रशिक्षण प्रतिष्ठान प्रमाणीकरण
शुक्रबार, १२ साउन २०८०, ०८ : ०३
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक’ प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बिहीबार प्रमाणीकरण गरेका हुन् । प्रतिष्ठान विधेयक यही साउन ८ गते कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको २६औँ बैठकबाट सर्वसम्मतले पारित भएको थियो ।
परियारले प्रमाणीकरण गरेसँगै उक्त विधेयक ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०८०’ मा रुपान्तरण भएको छ । ऐन बनेपछि अब राष्ट्रसेवक सबै कर्मचारीको क्षमता अभिवृद्धि एवं वृत्ति विकासका क्षेत्रमा सहयोग पुग्नेछ । प्रशिक्षण प्रतिष्ठान ऐन कार्यान्वयनमा लैजान प्रदेश सरकारलाई बाटो खुला भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण