तनहुँ प्रवेश गर्ने भारतीय सवारीलाई प्रहरीको सचेतना
आइतबार, १४ असार २०८३, २० : १०
काठमाडौँ । तनहुँ जिल्लामा प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारी साधनका चालकलाई प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
ट्राफिक प्रहरीसँगको समन्वयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारीका घिमिरेले रातोपाटीलाई बताए।
आइतबार बिहानदेखि इलाका प्रहरी कार्यालय बेलचौताराको एरियामा २ सय २२ वटा र इप्रका आबुखैरेनी क्षेत्रमा ९९ सवारीका चालकलाई सडकको अवस्थाबारे जानकारी गराइएको डीएसपी घिमिरेले बताए।
उनले भने, ‘हामीले भारतीय सवारीका चालकलाई सडकको अवस्थासँगै गति नियन्त्रणको विषयमा पनि जानकारी गराएर गन्तव्यमा पठाउने गरेका छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण