कविता
मलाई किन स्विकारिँदैन ?
शनिबार, १३ साउन २०८०, १० : ५४
मेरो हुनुमा नै
केही समस्या छ कि ?
मेरो अस्तित्व,
तिम्रो अस्तित्व फरक हो र ?
मेरो विचार, मेरो दृष्टिकोण
अलग हुँदैमा
मलाई अस्वीकार नै गर्नुपर्छ र ?
जति धेरै फूलहरू फुल्छन्
बगैँचा त्यै राम्रो हो त
आकाश साँघुरो भएको भए
तिमी नै हुँदैन थियो त ।
म भीडको मान्छे होइन,
तिम्रो लाइनको पनि होइन
मेरो आफ्नै सोच छ,
तिम्रो भन्दा फरक छ ।
नजरअन्दाज गर्न सक्ने
मान्छे म होइन
मेरो आयतनलाई
अलि घटाएर हेरे जस्तो छ
मलाई अलि सानो मान्छे
बुझे जस्तो छ
पिकासोको चित्र हुँ म,
बुझ्न चाहिँ गाह्रो छ
हेक्का रहोस्,
मन्दिरको गजुर हुँ म,
सबैले बजाउने घण्टी होइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण