शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
निर्माण व्यवसायीद्वारा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना (तस्बिरहरू)
फोटोफिचर

निर्माण व्यवसायीद्वारा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना (तस्बिरहरू)

आइतबार, १४ साउन २०८०

काठमाडौँ । निर्माण व्यवसायीहरूले आज सार्वजनिक खरिद अनुगमनको कार्यालय घेराउ गरेका छन् । निर्माण व्यवसायीहरूले बिहान १० देखि ११ बजेसम्म अनुगमन कार्यालय घेराउ गरेका हुन् ।

व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।

प्रदर्शनमा व्यवसायीहरुले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । 

हेरौं तस्बिरहरु:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया