बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सांस्कृतिक पर्वलाई निरन्तरता दिनुपर्छ : नेता केसी

सोमबार, १५ साउन २०८०, २१ : २०
सोमबार, १५ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस नेता जगदीश्वर नरसिंह केसीले सोमबार १५ साउन अर्थात खीर खाने दिनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । राजधानीको सामाखुसीस्थित आफ्नै निवासमा नेता केसीले कार्यक्रमको आयोजना गरेका हुन् । 

सांस्कृतिक पर्वको महत्वका आधारमा आफूले कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै केसीले भने, ‘म राजनीतिक मान्छे हुँ, तर मैले यस कार्यक्रमलाई राजनीतिक आँखाबाट नहेरी सांस्कृतिक पर्वको महत्वका आधारमा  आयोजना गरेको थिएँ । आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता र व्यापकता दिँदै लाने मेरो उत्साह र सोच छ ।’ उनले  सांस्कृतिक पर्वको महत्त्व रहेकाले निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । 

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरु, मन्त्री, विभिन्न पेशाका व्यक्तित्वहरु र कार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप