मेरो सपना तिमी
बिहानी झिसमिसेसँगै
सेता पृष्ठभूमिमा
काला गाजल
लेखनीले लपक्कै घसेर
मनका कुना कुनामा
मस्तिष्कका त्यान्द्रा त्यान्द्रामा
सजाइरहेछु
मेरो सपना तिमी ।
अनकन्टार, अप्ठ्यारा
ठाडा उकाला बाटाहरूमा
टन्टलापुर घाम
पसिनाको क्षारीय वर्षा हुँदै गर्दा
सिन्की सुकाई ज्यान सुक्दै गर्दा
पेटको जोहो गर्न
साँझ बिहान टार्न
फुटेका खाली खुट्टा
दबिएको खोपिल्टो तालु
अझ दबिने गरी
तातो रातो बन्दै गर्दा
झिसमिसेमा लाली पोत्दै
धुजा धुजा बनाएका
संविधान र कानुनका ठेलीहरू
नियम र निर्देशिकाका पानाहरू
आत्मसात् गरेर
असमान दिनचर्या भोग्दै गर्दा
बन्दुक र राइफलका
गोली पट्किँदै गर्दा
समानता र समताका खोक्रा भाषण
लोकतन्त्रका अग्रगामी दस्ताबेजले
जनताका आवश्यकतालाई
गिज्याउँदै गर्दा
असमानताको पीडा खप्दै गर्दा
राज्यबाट आशा हराउँदै गर्दा
समय र उमेरले छोड्दै गर्दा
आयुले बिदा माग्दै गर्दा
सन्तानको भविष्य अनिश्चित बन्दै गर्दा
मेरो जस्तै तिनको पनि
सपना सपनामै
खुम्चिने निश्चित बन्दै गर्दा
चौबिसमा बिस घण्टा
परिश्रमले पाखुरा रक्ताम्य हुँदा
गन्तव्यहीन पथ बढ्दै गर्दा
आशाका त्यान्द्रो छिन्दै गर्दा
...
आउ यतै
खोलाको तीरै तीर
प्रेम गीत सुसेल्दै
खोला झैं तल तल
ओरालै ओरालो
भए भरका सबै सपना
उतै बिसाउन सँगै जाऔँ ।
किनकि,
मनका कुना कुनामा
मस्तिष्कका त्यान्द्रा त्यान्द्रामा
सजाइरहेछु
मेरो सपना तिमी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण