म एक्लो छैन
म एक्लो छैन
मसँग अन्धकार रातहरू छन्
पिता वियोगका काला दिनहरू छन्
भुमरीले घेरेका पिताका सपनाहरू छन्
आमाका तपस्या, दुःख अनि दर्दहरू छन्
संघर्षले भिजेका आमाका नयनहरू छन्
मसँग
समाजले लगाएका जवाफहरू छन्
आफ्नाले दिएका चोट, खोट र घातहरू छन्
वियोगको छटपटीहरू छन्
भन्नै नसकिने बातहरू छन्
टुटेको मनले निदाउन नदिएका रातहरू छन्
म एक्लो छैन
मसँग
पीडामा छुटेका हातहरू छन्
आफै रिसाएका सम्वन्धहरू छन्
पुरा गर्न नसकेका जिम्मेवारी छन्
दर्दनाक टुटेका बाचाहरू छन्
एक्लै भक्कानिएर काटेका पलहरू छन्
म एक्लै छैन
मसँग
जीवनमा थुप्रै असफलताहरू छन्
पुरा नभएका सपना र ईच्छाहरू छन्
आफैमा थुप्रै कुण्ठा अनि गुनासाहरू छन्
अनेक रिजेक्सनहरू छन्
फेरि पनि,
म एक्लै छैन
मसँग
आफ्नै आत्मविश्वासका किरणहरू छन्
आफ्नै प्रतिविम्बका आकृतिहरू छन्
इमानदारिता र समयनिष्ठ पाइलाहरू छन्
आफैमा जगमग धैर्यताका सुवासहरू छन्,
आफैमा सुनौलो दिनका किरणहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण