बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अमरगढी नगरपालिकाविरुद्ध स्थानीयवासीको नाराबाजी

सोमबार, २२ साउन २०८०, १२ : १०
सोमबार, २२ साउन २०८०

धनगढी । डडेलधुराको अमरगढी नगरपालिकाविरुद्ध स्थानीयहरू सडकमा उत्रिएका छन् । नगरपालिका बस्ती नजिकै  डम्पिङ साइड बनाएर दुर्गन्धित बनाएको भन्दै स्थानीय मालमवासी विरोधमा उत्रिएका हुन् ।  आइतबार मात्रै स्थानीय २१२ जना स्थानीयले हस्ताक्षरसहित नगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए ।

७ दिने अल्टिमेटमसहित सङ्घर्षका कार्यक्रम गर्ने चेतावनी दिएका स्थानीय सोमबार नगरपालिका विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

नगरपालिकाले हाल पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाएको छ । सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर थुपार्न लागेको १ वर्ष पुग्न थालेको हो ।

गत पुसदेखि उक्त क्षेत्रमा सदरमुकामको फोहोर थुपारेको नगरपालिकाले सुरुमा केही महिनामै अर्को डम्पिङ साइट बनाउने भनेको थियो । तर, हालसम्म पनि जग्गा नपाइएको कारण देखाउँदै नगरपालिकाले उक्त क्षेत्रलाई दूषित बनाइरहेको स्थानीयको भनाइ छ ।

ज्ञापन पत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले फोहोर व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन् । ‘यो भने नेपालकै समस्या हो, रहरले नगरपालिकाले त्यता फालेको हैन । अमरगढीभित्र फोहोर फाल्ने ठाउँ नै देखिँदैन । तर त्यसको लागि पहल भइरहेको छ ।’

gyapanpatra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप