मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनले गर्‍यो घरेलु टोही ड्रोन परीक्षण

मङ्गलबार, २३ साउन २०८०, २२ : २६
मङ्गलबार, २३ साउन २०८०

कीभ । युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु गरेको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले मङ्गलबार टेलिग्राममा सो बारे जनाकारी सार्वजनिक गरेको छ । 

स्पाइगन नामक यो ड्रोनको उडान सहनशीलता १२०–१६० मिनेट र अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।

पचास किलोमिटरको उडान दायरा र एक हजार ५०० मिटरको उचाइ सीमा भएको ड्रोनमा फोटो र भिडियोका लागि दुईवटा क्यामेरा र टेक–अफ पोइन्टमा स्वतः फर्कने प्रणाली जडान गरिएको छ ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप