युक्रेनले गर्यो घरेलु टोही ड्रोन परीक्षण
मङ्गलबार, २३ साउन २०८०, २२ : २६
कीभ । युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु गरेको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले मङ्गलबार टेलिग्राममा सो बारे जनाकारी सार्वजनिक गरेको छ ।
स्पाइगन नामक यो ड्रोनको उडान सहनशीलता १२०–१६० मिनेट र अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।
पचास किलोमिटरको उडान दायरा र एक हजार ५०० मिटरको उचाइ सीमा भएको ड्रोनमा फोटो र भिडियोका लागि दुईवटा क्यामेरा र टेक–अफ पोइन्टमा स्वतः फर्कने प्रणाली जडान गरिएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण