एनआरएनए यूएई विभाजित, पासाङले बनाए तदर्थ समिति
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई विभाजित बनेको छ । यसअघि संस्थापन पक्षले गराएको अधिवेशन बहिस्कार गरेका पासाङ शेर्पालगायतको समूहले समानान्तर एनआरएनए बनाएको हो ।
शेर्पाको संयोजकत्वमा २९ सदस्यीय तदर्थ समिति बनाएसँगै एनआरएनए यूएई विभाजित बनेको हो । यता शेर्पा नेतृत्वको तदर्थ समितिलाई विनोद कुँवर नेतृत्वको एनआरएनएले वैधानिकता दिएको छ । कुँवर समूहले संस्थापनसँग एकता गर्न तयार भएको बताइँदा यूएईमा छुट्टै एनआरएनए खडा गर्ने कार्यलाई वैधानिकता दिएको हो ।
‘यहाँको संयोजकत्वमा २९ सदस्यहरु सहितको राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति, यूएई गठन भएको जानकारीले हामी हर्षित भएका छौं । त्यस राष्ट्रिय समन्वय परिषद् तदर्थ समितिलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को तर्फबाट मान्यता प्रदान गर्दै संघको विधान २००३–२०२१ को (संशोधन सहित) अनुसार आफ्नो कामकारवाही अघि बढाउन समेत अनुरोध गर्दछौं’, कुँवर र महासचिव जानकी गुरुङले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
एनआरएनए यूएईमा संस्थापन पक्षबाट हाल विकास शाही अध्यक्ष रहेका छन् । शाहीलाई अध्यक्ष बनाउन एकपक्षीय रुपमा निर्वाचन समिति नै लागिपरेको भन्दै पासाङ समूहले विरोध गरेको थियो भने अधिवेशन नै बहिस्कार गरेको थियो । एनआरएनए यूएई विवाद भइरहने एनसीसीमध्ये एक मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण