रजनीकान्तको जेलरको ९ लाख टिकट अग्रिम बुकिङ, अक्षय कुमारकाे ओएमजी २ को ४५ हजार मात्रै
मुम्बई । यो साता सिनेमा प्रेमीका लागि विशेष रहने छ । यो साता धेरै सुपरस्टारहरू बक्स अफिसमा भिड्दै छन् ।
यो साता बहुप्रतिक्षित चार फिल्म रिलिज हुँदै छन् । सन्नी देवलको फिल्म गदर २, अक्षय कुमारको ओएमजी २, रजनीकान्तको जेलर र चिरञ्जीवीको फिल्म भोला शङ्कर यही हप्ता रिलिज हुँदै छन् । यी चार चलचित्रको अग्रिम बुकिङ पनि सुरु भइसकेको छ तर रजनीकान्तले सबै कलाकारलाई अग्रिम बुकिङमा पछाडि छोडेका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार रजनीकान्तको फिल्म जेलरको अग्रिम बुकिङ सबैभन्दा बढी भएको छ । बुक माई सो पोर्टलबाट मात्रै अनलाइन टिकट बिक्रीको सङ्ख्यामा रजनीकान्तको जेलरका लागि ९ लाख अग्रिम टिकट बिक्री भएको छ ।
अर्कोतर्फ अग्रिम बुकिङको मामिलामा सन्नी देवलको गदर २ दोस्रो नम्बरमा छ । गदर २ को कुल ३ लाख टिकट बिक्री भइसकेको छ । तेस्रो नम्बरमा चिरञ्जीवीको भोला शङ्कर रहेको छ जसको हालसम्म ७० हजार टिकट बिक्री भइसकेको छ । अक्षय कुमारको फिल्म ओएमजी २ अन्तिम अर्थात चौथो नम्बरमा छ ।
ओएमजी २ को अग्रिम बुकिङमा हालसम्म ४५ हजार टिकट बिक्री भइसकेको छ । आगामी दिनमा यी सबै चलचित्रको अग्रिम बुकिङ बढ्ने अपेक्षा गरिएको छ । गदर २ सन् २००१ मा आएको गदरको सिक्वेल हो । यो ब्लकबस्टर फिल्म थियो । योसँगै रजनीकान्त पनि जेलरबाट दुई वर्षपछि पर्दामा फर्कदैछन् । उनी पछिल्लो पटक फिल्म अन्नातेमा देखिएका थिए । अक्षय कुमार मात्र ओएमजी २ सन् २०१२ मा आएको ओएमजीको सिक्वेल हो। उही समयमा चिरञ्जीवी अन्तिम पटक फिल्म वालटेयर वीरैयामा देखिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण