पुलमुनि टाउको भेटिएका युवक भारतीय रहेको पुष्टि
सर्लाही । सर्लाहीमा पुलमुनि टाउको भेटिएका युवक भारतीय नागरिक रहेको खुलेको छ । हरिवन नगरपालिका अन्तर्गत हरिवन महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुलमुनि भेटिएको टाउको भारतको विहार राज्यमा पर्ने सीतामढी जिल्ला मनियारी ५ का गोलु भन्ने अभिषेक गिरीको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएपी दीपेन्द्र पजियार थारुका अनुसार उनका बुवा दिवाकर राम आएर गिरीको सनाखत गरेका छन् । शुक्रबार टाउकाको सनाखत गरेपछि पोष्टमार्टमका लागि काठमाडौँ पठाइएको डीएसपी थारुले जनाए ।
मृतकका पिता राम दिवाकरका अनुसार गत साउन २० गते अभिशेष आफ्ना ४ छिमेकी साथीहरुसँग घुम्र भनि सर्लाही हिँडेका थिए । अन्य ४ जना पनि हालसम्म गाउँघरतिर सम्पर्कविहिन रहेकाले अभिशेकको हत्यामा उनीहरुकै संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ । सोही अनुमानका आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवा तथा इलाका प्रहरी कार्यालय हरिवनले अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
‘अभिषेकको शरीर भने अझै फेला परेको छैन्,’ डीएसपी थारुले भने, ‘उनको हत्या अन्त कतै गरेर टाउको मात्र लखन्देही खोलामा फालेको हुनसक्ने भएकाले सागरनाथ वन विकास परियोजनासहित बाँके जंगल क्षेत्र एवं सम्भावित अन्य स्थानमा शरीरको तल्लो भाग खोज्नका लागि व्यापक रुपमा प्रहरी टोली खटाइएको छ ।’
स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय हरिवनको टोलीले बिहिबार बिहान लखन्देही खोलाको पुलदेखि ५० मिटर दक्षिणमा उक्त टाउको फेला पारेको थियो । टाउकाको पहिचान भइसकेपछि अब भारतीय सुरक्षा निकायसँग पनि समन्वय गरी अनुसन्धान प्रकृयालाई बढाइने डीएसपी थारुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण