पुलमुनि टाउको भेटिएका युवक भारतीय रहेको पुष्टि

सर्लाही । सर्लाहीमा पुलमुनि टाउको भेटिएका युवक भारतीय नागरिक रहेको खुलेको छ । हरिवन नगरपालिका अन्तर्गत हरिवन महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुलमुनि भेटिएको टाउको भारतको विहार राज्यमा पर्ने सीतामढी जिल्ला मनियारी ५ का गोलु भन्ने अभिषेक गिरीको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएपी दीपेन्द्र पजियार थारुका अनुसार उनका बुवा दिवाकर राम आएर गिरीको सनाखत गरेका छन् । शुक्रबार टाउकाको सनाखत गरेपछि पोष्टमार्टमका लागि काठमाडौँ पठाइएको डीएसपी थारुले जनाए ।
मृतकका पिता राम दिवाकरका अनुसार गत साउन २० गते अभिशेष आफ्ना ४ छिमेकी साथीहरुसँग घुम्र भनि सर्लाही हिँडेका थिए । अन्य ४ जना पनि हालसम्म गाउँघरतिर सम्पर्कविहिन रहेकाले अभिशेकको हत्यामा उनीहरुकै संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ । सोही अनुमानका आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवा तथा इलाका प्रहरी कार्यालय हरिवनले अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
‘अभिषेकको शरीर भने अझै फेला परेको छैन्,’ डीएसपी थारुले भने, ‘उनको हत्या अन्त कतै गरेर टाउको मात्र लखन्देही खोलामा फालेको हुनसक्ने भएकाले सागरनाथ वन विकास परियोजनासहित बाँके जंगल क्षेत्र एवं सम्भावित अन्य स्थानमा शरीरको तल्लो भाग खोज्नका लागि व्यापक रुपमा प्रहरी टोली खटाइएको छ ।’
स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय हरिवनको टोलीले बिहिबार बिहान लखन्देही खोलाको पुलदेखि ५० मिटर दक्षिणमा उक्त टाउको फेला पारेको थियो । टाउकाको पहिचान भइसकेपछि अब भारतीय सुरक्षा निकायसँग पनि समन्वय गरी अनुसन्धान प्रकृयालाई बढाइने डीएसपी थारुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
-
नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डनमा, विश्वकप लिग-२ सिरिजमा भिड्दै
-
किशोरीमाथि जबरजस्ती करणी गर्ने पक्राउ
-
दक्षिणी गाजा सहरमा रातभर हवाई आक्रमण, ५४ जनाको मृत्यु