कतिपय प्रकरण विपक्षीलाई तर्साउने र फसाउने नियतले आउने गरेको छ : बाबुराम भट्टराई
बुटवल । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेसम्मका कतिपय प्रकरण विपक्षीलाई तर्साउने र फसाउने नियतले सत्तापक्षबाटै आउने गरेको भन्दै अहिले पनि त्यस्तो नहुने गरी छानबिन गरे त्यसलाई आफूले पूर्ण सहयोग गर्ने बताएका छन् ।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बुटवल आएका अध्यक्ष भट्टराईले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेर ललिता निवास प्रकरणमा आफू प्रधानमन्त्री भएको बेला एक निर्णय भएको बताउँदै आफूले बयान दिएर छानबिनलाई सहयोग गर्ने बताएका हुन् ।
उनले ललिता निवास प्रकरण जस्ता अन्य पनि धेरै प्रकरणहरू भएकाले निष्पक्ष र उच्चस्तरीय छानबिन हुनु पर्ने बताए । पूर्वप्रधानमन्त्रीलाई छानबिनको दायरामा ल्याउने अदालतको निर्णयले आफू खुसी नै भएको बताए । उनले आफू प्रधानमन्त्री भएको बेला भएको ललिता निवास जग्गाको निर्णय सानो भएको बताए ।
उनले लाउडा काण्ड, ललिता निवास प्रकरण, क्यान्टोनमेन्ट, अन्य खरिद प्रकरण सबैको छानबिन हुनुपर्ने बताए । उनले आफूले संसद्मा समेत निस्पक्ष छानबिन लागि बोलेको रेकर्ड पनि रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण