‘गणपति’ को ट्रेलरमा कमेडी र सेन्टिमेन्ट्
काठमाडौँ । भदौ १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘गणपति’ । दर्शक माझ प्रतीक्षित सुचीमा रहेको फिल्मले ट्रेलर सार्वजनिक गरेको छ । ३ मिनेट लामो कमेडी र सेन्टिमेन्ट् भरपुर समेटिएको ट्रेलरले फिल्म प्रति दर्शकको कौतुहलता जगाउन सफल छ ।
सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा निसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरूपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ । फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमिरे,पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानाका साथमा अतिथि भूमिकामा अभिनेत्री वर्षा शिवाकोटीले अभिनय छ । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको ट्रेलरमा प्रमुख सबै कलाकारलाई समेटिएको छ ।
रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मण रिजाल, कार्यकारी निर्माता विज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह हुन् । हरिबहादुर घलेको छायाङ्कन रहको फिल्ममा अनिश अधिकारीको संगीत छ । बिपीन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँ जिल्लाको विभिन्न स्थानमा खिचिएको फिल्मको वितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण