उत्तराखण्डमा घर भत्किँदा दुई नेपालीको मृत्यु
बिहीबार, ३२ साउन २०८०, १६ : १८
काठमाडौँ । भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किँदा घरमा सात जना बासिरहेका थिए । घटना लगत्तै उद्धारको काम सुरु गरिएको थियो ।
उनीहरू मध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको द ट्रिब्युन इन्डियाले जानकारी दिएको छ ।
उद्धार गरिएका अन्य पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
क्रसर उद्योग नजिक बनाइएको उक्त घरमा त्यहाँको कामदार बस्ने गरेका थिए । मृतकको नाम १९ वर्षीय अनमोल र २१ वर्षीय प्रिन्स भनेर मात्र खुलाइएको छ । यो वर्षको सुरुवातमा भारी वर्षा र पहिरोका कारण सो क्षेत्रका घरहरूमा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण