बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मध्य प्रदेशमा अखिल भारत नेपाली एकता मञ्चको कमिटी गठन

मङ्गलबार, ०५ भदौ २०८०, २१ : १५
मङ्गलबार, ०५ भदौ २०८०

नयाँदिल्ली । भारतको जबलपुर (मध्यप्रदेश) मा अखिल भारत नेपाली एकता मञ्चको कमिटी गठन गरिएको छ । एक भव्य कार्यक्रमका बीच मञ्चको २१ सदस्यीय जबलपुर नगर समिति गठन गरिएको हो । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मण पन्तको मुख्य आतिथ्यमा गोकुलपुरस्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा एकता मन्च जबलपुरको छ सदस्यीय सल्लाहकार समितिको पनि गठन गरिएको जनाइएको छ । 
मञ्चकाका निवर्तमान केन्द्रीय उपाध्यक्ष मोहन ठकुरीको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  

9de835c8-390b-4d50-9f0b-e469e06b8368

कार्यक्रममा केन्द्रीय सचिव नागेन्द्र ढकालको नेतृत्वमा भोपालबाट आएका  संगठनका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । यस अवसरमा जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो ।

सांस्कृति नृत्यहरुसहितको कार्यक्रमका अवसरमा विभिन्न तहको परीक्षामा  उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि थियो ।

 गोकुलपुर र रांझी वार्डका निर्वाचित वडा काउन्सिलरहरुको समेत सहभागिता रहेको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सल र श्रीफलबाट पन्त र ठकुरीले सम्मान गरेका थिए । 

2e30a8b2-60e8-419a-ac68-87bb271502fe

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप