मध्य प्रदेशमा अखिल भारत नेपाली एकता मञ्चको कमिटी गठन
नयाँदिल्ली । भारतको जबलपुर (मध्यप्रदेश) मा अखिल भारत नेपाली एकता मञ्चको कमिटी गठन गरिएको छ । एक भव्य कार्यक्रमका बीच मञ्चको २१ सदस्यीय जबलपुर नगर समिति गठन गरिएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मण पन्तको मुख्य आतिथ्यमा गोकुलपुरस्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा एकता मन्च जबलपुरको छ सदस्यीय सल्लाहकार समितिको पनि गठन गरिएको जनाइएको छ ।
मञ्चकाका निवर्तमान केन्द्रीय उपाध्यक्ष मोहन ठकुरीको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा केन्द्रीय सचिव नागेन्द्र ढकालको नेतृत्वमा भोपालबाट आएका संगठनका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । यस अवसरमा जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो ।
सांस्कृति नृत्यहरुसहितको कार्यक्रमका अवसरमा विभिन्न तहको परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि थियो ।
गोकुलपुर र रांझी वार्डका निर्वाचित वडा काउन्सिलरहरुको समेत सहभागिता रहेको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सल र श्रीफलबाट पन्त र ठकुरीले सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण