गायक पोखरेल ‘भोकेसनल अवार्ड’ बाट सम्मानित
बुधबार, ०६ भदौ २०८०, १३ : ५४

काठमाडौंँ । गायक सिताराम पोखरेल ‘भोकेसनल अवार्ड’ बाट सम्मानित भएका छन् । रोटरी क्लब अफ विराटनगरले आफ्नो ४७ औं वार्षिक अवसर पारेर आयोजना गरेको एक भव्य कार्यक्रममा पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो ।
गायनमा पोखरेलको तीन दशकभन्दा लामो समयदेखिको योगदानको कदर गर्दै अवार्ड क्लबका डिष्ट्रज गभर्नर राजेन्द्र प्रसाद धौजु र क्लबका अध्यक्ष कमल बस्नेतले प्रदान गरे ।
विगत तीन दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मोडलिङमा सक्रिय पोखरेलले केही अगाडि भारतमा ‘दादा साहेब फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ पनि हात पारेका थिए ।
गायक पोखरेलका सयौँ गीत बाहिर आएका छन् । तीमध्ये दर्जनौँ हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?