विभिन्न पार्टी परित्याग गरी करिब तीन सय जना माओवादी केन्द्रमा प्रवेश
शुक्रबार, ०८ भदौ २०८०, १५ : ३७
ललितपुर । ललितपुरमा विभिन्न पार्टी परित्याग गरी करिब ३०० जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शुक्रबार ललितपुरको महालक्ष्मीस्थानस्थित आयोजित कार्यक्रममा गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराएका हुन् ।
ललितपुर जिल्ला संयोजक शिव कट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको हो ।
विप्लव नेतृत्वको नेकपामा रहेका श्याम बज्राचार्यको नेतृत्वमा रोशन महर्जन, संसारलाल वैद्य, शुकबहादुर देउला, नवीन महर्जनलगायतका करिब ३०० जनाले पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेमा विप्लव नेतृत्वको नेकपाबाहेक अन्य दलका नेता तथा कार्यकर्ता पछि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण