नेपालले विपद् न्यूनीकरणका लागि आवश्यक कदम चाल्न जरुरी छ : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताएका छन् ।
शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण नेपालमा अतिवृष्टि, अनावृष्टिलगायतका सङ्कट देखा परिरहेको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न जरुरी भइसकेको बताएका हुन् ।
सभापति देउवाले जलवायु परिवर्तनकै कारण हिमालमा हिउँ नभएको अवस्था आउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसले निम्त्याउने विपद् व्यवस्थापनका लागि नेपाली कांग्रेसले आफ्ना तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आफूहरूले नीतिगत रूपमै धारणा बनाएर अघि बढने समेत बताए ।
उनले भने– ‘जलवायु परिवर्तन मुलुकमा ठुलो चुनौतीको रूपमा देखा परेको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा पर्ने राष्ट्र मध्यमा पर्दछ । त्यसैले जलवायु परिवर्तनका कारण हाम्रो हिमालका हिउँहरू पग्लिएका छन् । त्यसमा हिउँ छैन अहिले । यस्तो अवस्था भइसकेको छ । यसैकारण अतिवृष्टि, अनावृष्टि लगाएका विपद् व्यहोर्नु परिरहेको छ । यो सङ्कटलाई न्यूनीकरण गर्न बदलिँदो परिस्थिति अनुकूल कदम चाल्नु नेपालको सन्दर्भमा अत्यन्त जरुरी छ ।’
सभापति देउवाले नेपालले जलवायु परिवर्तनको नकारात्मक असरबाट बच्न बदलिँदो परिस्थिति अनुसार अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण