पानी परेपछि माझी समुदायमा खुसीयाली
बारा । बारा, फत्तेपुरका हरिन्द्र माझी उमेरले ५ दशक नाघे । १२÷१३ वर्षको उमेरदेखि बुबाआमाको पछिपछि लागेर उनले खोलामा माछा मार्न सिकेका हुन् । खोला, कुलो, धानखेतमा दिनभर माछा मारेर उनले परिवारको गुजारा चलाउन थालेको १५ वर्ष भयो ।
दिनभर माछा मारेर बिक्री गरी आएको पैसाले नै उनको घरमा नुन, तेल, चामल आउने गर्दछ । ‘पहिला आमाबुबाले खोलामा माछा मार्ने गर्नुहुन्थ्यो । पछिपछि लागेर हेर्दै सिकेँ, पछि माछा मारेर टोलमा ल्याएर बेच्ने र त्यही पैसाले चामल, नुन, तेल किनेर परिवार चलाउने गर्न थालेँ,’ माझीले भने, ‘माछा अहिले अढाई÷३ सय प्रतिकिलोमा बिक्छ ।’
_OZq865Qc4E.jpg)
तर खोलामा माछा पाइन छाडेको उनी बताउँछन् । माझी समुदायको परम्परागत पेसा माछा मार्ने हो । उनीहरुले वर्षभरि नै व्यावसायिक रुपमा प्राकृतिक खोलानाला, कुलो, धानखेतमा माछा मारेर दैनिक गुजारा चलाउने गर्दछन् ।
पछिल्लो समय लगातार परेको पानीका कारण खोलानाला, कुलोमा पानीको बहाव बढेपछि हरिया धान खेतका फाँटहरुमा माझी, चौधरी, पासवान समुदायका स्थानीयहरु माछा मार्न व्यस्त देखिएका छन् ।
_rTu6oJ2QGe.jpg)
यस वर्ष लामो समय परेको खडेरीका कारण विगतमा जस्तो प्राकृतिक खोलानालाहरुमा माछा नभेटिएको स्थानीयहरु बताउँछन् । २ दशकदेखि माछा मार्ने पेसा गरेका हरेन्द्र माझी खोलामा माछा पाउन छाडेपछि दैनिक ज्यालादारीमा काम गर्न थालेका छन् ।
‘पहिला माछा पनि ठुलो पाइन्थ्यो, बिक्री गर्दा राम्रो पैसा हुन्थ्यो, अहिले खोलामा माछा पनि पाइँदैन, दिनभर माछा मारेर दैनिक आवश्यकता अनुसारको चामल, नुन, तेल पनि किन्न पुग्दैन,’ हरेन्द्र माझीले भने ।
_KgbZEQI0pM.jpg)
बारा डुमरवानाका जितेन्द्र माझी पनि १६ वर्षदेखि माछा मार्ने काम गर्दै आएका छन् । उनी पनि दिनभर माछा मार्ने र त्यसैबाट ९ जनाको परिवार पाल्ने गर्दछन् । ‘दिनभर माछा मारेर बेचेको पैसाले चामल किनेर खाइरहेका छौँ, खेतबारी केही छैन, सब्जी तरकारी किन्न जाँदा धेरै महँगो पर्दछ,’ जितेन्द्र माझीले भने, ‘पहिला दिनको ९ किलोसम्म माछा बेच्थ्यौँ, अहिले २÷३ किलो पनि भेटिँदैन ।’
जीतपुर सिमरा उपमहानगर वडा नं १३, पोताका दिलक पासवान १२ वर्षको उमेरदेखि माछा मार्ने पेसा गर्दै आएका हुन् । पासवानले बर्खायाममा माछा मार्ने र अन्य समयमा ज्यालादारी काम गर्दछन् ।
_TLZQXBftxX.jpg)
खोलामा पहिला जस्तो माछा नभएको उनको गुनासो छ । ‘अरु काम गर्नलाई केही छैन, बिहान, बेलुका खानलाई पुग्दैन । माछा पाइएन भने भोकै पनि सुत्नु पर्छ,’ उनले भने ।
पानी पर्न थालेपछि उनी आजभोलि दिनभर माछा मार्ने र बिक्री गरेर आएको पैसाले घरपरिवारको गर्जो टार्ने काम गर्दछन् । ‘हामीले १०÷१२ वर्षको उमेरदेखि माछा मार्ने काम सुरु गरेको हो । पढ्न पाइएन, अहिले बुढो भइसकियो, माछा मारेर दिनभरमा २÷३ सय आम्दानी भए पनि तरकारी खान हुन्छ,’ पासवानले भने ।
माझी र चौधरी समुदायको परम्परागत पेसा भनिए पनि दलित र विपन्न समुदायले पनि परिवारको गुजारा चलाउन माछा मार्ने काम गर्दछन् ।
जीतपुर सिमरा–१३ का दिनेश माझी केही दिनदेखि पानी पर्न थालेपछि खेतमा माछा मार्न व्यस्त छन् । अन्य समयमा अर्काको खेत हुण्डामा लिएर खेतीपातीमा व्यस्त हुने माझी १० जनाको परिवारलाई माछा मारेरमात्रै पाल्न नसकिने बताउछन् ।
स्थानीय सरकारले माझी समुदायका लागि सिप र शिक्षामा कुनै सहयोग नगरेकोले दुई छाक पेटभर खान पनि समस्या भएको उनी बताउँछन् ।
_MQjGCAKBED.jpg)
‘एक छाक खायो भने अर्को छाक भोकै बस्नुपर्ने हुन्छ, स्थानीय सरकारले पनि केही सहयोग गर्दैन,’ दिनेशले भने, ‘बेलुका खायो भने भोलि के खाने भन्ने चिन्ता हुन्छ, पहिलाजस्तो माछा पाइँदैन ।’
माझी, पासवानजस्तै माछा मार्ने पेसामा रहेका स्थानीयहरु अहिले यो पेसाबाट पलायन भएका छन् । जीतपुर सिमरा उपमहानगरले वडामा विनियोजन गरेको बजेटमा दलित, माझी, मुसहर समुदायका लागि एक प्रतिशत छुट्याएको छ । उपमहानगर वडा नं १२ का वडाध्यक्ष श्यामबाबु चौधरीले माझी, मुसहर समुदायका लागि छुट्याइएको बजेट अत्यन्तै न्यून भएकाले ठोस काम गर्न नसकिएको बताए ।
_TvOmfvkdTb.jpg)
जलचर प्राणी संकटमा छन् : वातावरणविद् सिंह
डिभिजन वन कार्यालय बाराका प्रमुख तथा वातावरणविद् विनोद सिंहले जलवायु परिवर्तनको सबैभन्दा ठुलो असर जलचर प्राणीहरुमा देखिएको बताए । उनले रैथाने प्रजातिका माछा लोप हुँदै गएको र नयाँनयाँ प्रजातिका माछा देखिन थालेको जानकारी दिए ।
‘यसपटक लगातारको खडेरीले पानीका मुहान सुके, जसको कारण जलचर प्राणीहरु बाँच्न सकेनन्, कृषि क्षेत्रमा लामो समयदेखि प्रयोग भएका किटनाशक औषधिका कारणले पनि रैथाने जलचर प्राणीहरु सबैभन्दा धेरै संकटमा छन्,’ उनले भने, ‘जलवायु परिवर्तनको कारण रैथाने प्रजातिका माछा विनाश हुने र नयाँनयाँ प्रजाति देखिँदैछन्, जसको प्रत्यक्ष प्रभाव यसैमा आश्रित माझी, मुसहर, आदिवासीहरुको पेसा संकटमा परेको देखिन्छ ।’
बाराको १६ वटै पालिकामा माझी, मुसहर, दलित समुदायको बसोबास छ । उत्तरतर्फ रहेका जीतपुर सिमरा, कोहल्वी, निजगढ करैयामाईमा बसोबास गरेका यी समुदायका स्थानीयहरु जलचर प्राणीहरु (माछा, घोगी, गंगटा) मार्ने र यसैबाट परिवारको गुजारा चलाउने गर्दछन् ।
_CyM85ErDhf.jpg)
_iu89KdXcTh.jpg)
_yE41lRu5iJ.jpg)
_PHZb6lP6c6.jpg)
_weqdT1inhk.jpg)
_E1WTWkuoIs.jpg)
_c4AO3nsM8m.jpg)
_Roe8WxTyI6.jpg)
_F2fRN7heWl.jpg)
_0zaQh1Nn47.jpg)
_fbWXh4x9yB.jpg)
_156DTOAeyp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण