माओवादी केन्द्रका नेताहरू वडा वडामा व्यस्त
काठमाडौँ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको ९ महिनापछि सत्तारूढ दल माओवादी केन्द्रका नेताहरू वडा–वडामा पुग्न थालेका छन् ।
गत मङ्सिर ४ निर्वाचनमा ३२ सिटमा खुम्चिएको माओवादी ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान लिएर वडा तहमा पुग्न थालेको हो ।
साउन (१७–२१)सम्म राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने अभियानका लागि पदाधिकारीसहित केन्द्रीय समितिहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । सोही बमोजिम पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएर वडा वडामा खटाइएको छ ।
भदौ १६ गते प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले अभियानको भव्य समारोहबीच ७५३ वटै पालिकामा एकसाथ उद्घाटन गर्ने तयारी गरेको छ । अहिले ६ हजार ७४३ वटै वडामा अभियानलाई सञ्चालन गर्ने विषयमा कार्यक्रम भइरहेको सचिव गणेश साहले जानकारी दिए ।
‘सबै प्रदेशमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुङ्गिएको छ । उहाँहरू अहिले आ–आफ्ना वडामा अभियानको कार्य योजना बनाउन व्यस्त हुनुहुन्छ । तीन महिने अभियान सकिएपछिमात्र काठमाडौँ फर्किनुहुन्छ’, उनले भने ।
पार्टीका पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यहरूलाई ७५३ पालिकामध्ये कम्तीमा एउटा वडा हेर्ने गरी जिम्मेवारी तोकिएको छ । बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूलाई खटाउने निर्णय गरेको छ । त्यस्तै पार्टीका केन्द्रीय निकायका पदाधिकारी, सदस्यहरू, विभागका सदस्यहरू, जन वर्गीय सङ्गठन सबैलाई अभियानमा पठाउने निर्णय गरेको छ । २५ लाख जनताको घरमा पुग्ने माओवादीले लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण