‘कृषि र वनमा आधारित उद्योगले मात्र कर्णालीको समृद्धि सम्भव’
सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले कर्णालीको समृद्धि कृषि र वनमा आधारित उद्योगबाट मात्रै सम्भव रहेको बताएका छन् ।
उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको आयोजनामा राजधानीमा सञ्चालित दुई दिने रणनीतिक विकास कार्यशाला कार्यक्रममा बोल्दै मन्त्री शर्माले यसका लागि लगानीको भने अभाव रहेको बताए । उनले निजी क्षेत्र यो विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।
प्रदेशको आर्थिक समृद्धिको लागि सरकार, निजी क्षेत्र र साझेदारी संस्थाहरूको लगानी आवश्यक रहेको शर्माको भनाइ थियो ।
साथै उनले कृषकले उत्पादन गरेका कृषि बस्तुको बजारीकरणमा समस्या रहेको भन्दै बजारीकरणमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।
यद्यपि निजी क्षेत्रका अगुवाहरूले कर्णाली प्रदेश सरकारले निजी क्षेत्रको हितमा काम गर्न नसकेको भन्दै आलोचना गरे ।
उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदम बहादुर शाहीले सरकारले निजी क्षेत्रलाई उपेक्षा गरेको बताए ।
अर्थतन्त्र सङ्कटमा परिरहेका बेला निजी क्षेत्रलाई कर थुपारेको भन्दै उनले बरु करको दायरा फराकिलो गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । अन्य अगुवाहरूले पनि प्रदेश सरकारले निजी क्षेत्रको विकास र हितमा रहेर काम गर्न नसकेको गुनासो पोखेका थिए ।
मन्त्री शर्माले भने प्रदेश सरकारले तीन खम्बे नीति अनुसार नीति, कार्यक्रम र बजेट तय गरेको र निजी क्षेत्रलाई निरुत्साहित नभई उत्साहित भएर काम गर्न आग्रह गरे ।
मंलबार र बुधबारसम्म चल्ने उक्त कार्यशालामा प्रदेशका सबै जिल्लामा उद्योग वाणिज्य सङ्घका अध्यक्ष, कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको वीरेन्द्रनगरमा सहभागी छन् । उक्त भेलाले समग्र कर्णालीको निजी क्षेत्रको रणनीतिक विकास कार्य योजना तयार गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
-
नेपालगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
-
आर्थिक विधेयकमा कुन सांसदले के–के हाले संशोधन ?
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण