नेपालगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ
आइतबार, १४ असार २०८३, १३ : ३९
सारांश
- प्रहरीले बाँकेको नेपालगन्जबाट १०५ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित २८ वर्षीय राजेन्द्र लोनियालाई पक्राउ गरेको छ ।
- लागुऔषध नियन्त्रण ब्युरो र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीले डुडुवा गाउँपालिकाका लोनियालाई शनिबार पक्राउ गरेको हो ।
- पक्राउ परेका लोनियामाथि जिल्ला प्रहरी कार्यालय बाँकेले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । प्रहरीले बाँकेको नेपालगन्जबाट खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–२ बस्ने २८ वर्षीय राजेन्द्र लोनिया छन् ।
शनिबार लागुऔषध नियन्त्रण ब्युरो र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीको साथबाट १०५ ग्राम ७१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
आरोपीमाथि जिल्ला प्रहरी कार्यालय बाँकेले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु
-
‘तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर’
-
पारिश्रमिक माग्दा ‘लापता लेडिज’का अभिनेतालाई निर्देशकले पिटेको दाबी
-
बजेटलाई सघाउने गरी मौद्रिक नीति ल्याउँदैछौँ : कार्यकारी निर्देशक पौडेल
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण