आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस

आइतबार, १४ असार २०८३, १३ : ४१
आइतबार, १४ असार २०८३

सारांश

  • रुरल डेभलपमेन्ट सहकारीले निवर्तमान अध्यक्ष आङ बाबु राईविरुद्ध ठगी, हिंसा र मानसिक यातनाको आरोपमा कारबाही गर्न सिफारिस गरेको छ ।
  • सहकारीको सञ्चालक समिति बैठकले महिला बचतकर्ताहरूको ठगिएको रकम असुल उपर गराउन प्रहरी, महिला आयोग र महानगरपालिकाको सहकारी विभागमा सिफारिस गर्ने निर्णय गरेको छ ।
  • निवर्तमान अध्यक्ष राईले एकल महिला बचतकर्ताहरूलाई लक्षित गरी धाकधम्की, शारीरिक र मानसिक यातना दिएको आरोप छ ।

काठमाडौँ । लाजिम्पाटस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना निवर्तमान अध्यक्ष आङ बाबु राईविरुद्ध कारबाहीका लागि काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा सिफारिस गरेको छ । 

सहकारीमा प्राप्त पीडितको उजुरीको आधारमा सहकारीको सञ्चालक समिति बैठक बसेर कारबाहीको सिफारिसका लागि निर्णय गरेको वर्तमान अध्यक्ष इन्द्रकुमार राईले जानकारी दिए । 

निवर्तमान अध्यक्ष राईले महिला बचतकर्ताहरूको रकम ठगी गर्नुका साथै हिंसात्मक गतिविधि र मानसिक यातना दिएको आरोप लगाउँदै सहकारीको सञ्चालक समिति बैठकले कारबाही गर्न पत्राचार गरेको थियो ।

सहकारीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले निवर्तमान अध्यक्ष राईउपर हदैसम्मको कारबाही गर्न र ठगी गरिएको रकम असुल उपर गराउनका लागि नेपाल प्रहरी, राष्ट्रिय महिला आयोग र काठमाडौँ महानगरपालिकाको सहकारी विभाग समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

p1 (1)

सहकारीका अनुसार निवर्तमान अध्यक्ष राईले एकल महिला लगायतका सर्वसाधारण महिला बचतकर्ताहरूलाई लक्षित गरी ठगी गरेका थिए । निवर्तमान कोषाध्यक्ष अप्सरा श्रेष्ठले पेश गरेको स्पष्टीकरण पत्रबाट खुले अनुसार राईले महिलाहरूको आवाज दबाउन धाकधम्की दिने र शारीरिक तथा मानसिक यातना दिई डिप्रेसनको सिकार समेत बनाएको पत्रमा उल्लेख छ ।

संस्थाका वर्तमान अध्यक्ष इन्द्र कुमार राईद्वारा हस्ताक्षरित उक्त पत्रमा निवर्तमान अध्यक्षको आचरणबाट अन्य धेरै महिलाहरू समेत पीडित भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ । 

पीडितहरूको गोपनीयता सुरक्षित राख्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न र ठगिएको रकम फिर्ता गराउन माग गरिएको छ । साथै, अन्य पीडित महिलाहरू सम्पर्कमा आएमा उनीहरूको निवेदन पनि थप कारबाहीका लागि पठाइने सहकारीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप