सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हलमा मुकुनकै ‘ऐँचो पैँचो’ भर्सेज ‘गणपति’

बिहीबार, १४ भदौ २०८०, १२ : १३
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने चलन छ । चाडपर्व तथा विशेष अवसर पर्यो भने अन्य समय पनि रिलिज हुन्छ । यस्तैमा आज जनैपूर्णिमा तथा गाईजात्राको अवसर पारेर दुई नयाँ फिल्म ‘ऐँचो पैँचो’ र ‘गणपति’ रिलिज भएको छ । यी दुई वटै फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएका हुन् । रोचक संयोग चाहिँ के जुरेको छ भने दुई वटै फिल्ममा मुख्य अभिनेता मुकुन भुषाल हुन् । 

‘ऐँचो पैँचो’ :

स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतको अभिनय ‘ऐँचो पैँचो’मा छ । 

फिल्मका निर्देशक कृषा चौलागाइ हुन् । १५ वर्ष फिल्म निर्माण अभिनयपछि कृषा निर्देशनमा होमिएकी हुन् । सोसियो–पोलिटिकल जनरामा निर्माण भएको फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन, विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन, अभिमन्यू निरवीको कथा र कविराज गहतराजको नृत्य निर्देशन छ ।

प्रितम लामिछाने र आध्या लामिछानेले निर्माण गरेको फिल्मका विशाल चौलागाईं सह–निर्माता हुन् । फिल्मको बुधबार साँझ प्रिमिएर गरिएको थियो । सेलिब्रेटी र रंगपकारको बाक्लो उपस्थिति रहेको प्रिमिएरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ ।

‘गणपति’ :

सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’ मा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतले अभिनय छ । 

भगवान र मान्छेबीचको अन्तरसम्बन्ध विषयमा निर्माण भएको फिल्मका निर्माता लक्ष्मण रिजाल हुन् । विज्ञान केसी र अर्बिन्द्र गिरी कार्यकारी निर्माता रहेको फिल्मको छायाङ्कन हरिबहादुर घलेले गरेका हुन् । फिल्म तनहुँको विभिन्न जिल्लामा खिचिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप