माओवादीले विराटनगरमा मार्च पाससहित अभियान सुरु गर्ने, प्रदेशका सबै वडामा अभियान उद्घाटन हुँदै
विराटनगर । नेकपा (माओवादी केन्द्र)ले भोलि (शनिबार) बिहान ७ बजे मार्च पाससहित तीन महिने अभियान सुरु गर्ने भएको छ ।
माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव)का अनुसार शनिबार बिहान ७ बजे विराटनगरको बजारमा मार्चपाससहित अभियान उद्घाटन गर्न लागिएको हो । माओवादीले भोलि देशरभका सबै वडामा एकैपटक तीन महिने अभियानको उद्घाटन गर्दैछ । त्यसैको प्रचारस्वरुप बिहान विराटनगरमा मार्च पास गर्न लागिएको हो । मार्चपासमा सयौं युवाहरु सहभागी हुने बताइएको छ ।
उक्त मार्चपासपछि विराटनगरका सबै वडामा कार्यक्रमहरु हुने जनाइको छ । घाट सरसफाइ, मन्दिर सरसफाइ, स्वास्थ्य शिविर, आँखा शिविर लगायतका कार्यक्रम तय गरिएको माओवादीले जनाएको छ । यस्तै केन्द्रीय कार्यक्रम अनुसार १ बजेको कार्यक्रम सम्पन्न भएपछि माओवादीले विराटनगरको वडा नम्बर १८ मा वृहत् सभा गर्ने जनाएको छ । जसलाई माओवादी नेता तथा कोशी प्रदेश इन्चार्ज खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।
उता, माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान प्रदेशभरिका वडामा उद्घाटन हुने जनाएको छ । अभियान उद्घाटनका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सदस्यहरु वडा वडामा पुगेका छन् । अभियान उद्घाटनसँगै देशैभर सरसफाइ, वृक्षारोपण, लागूऔषध सम्बन्धी जनचेतना मूलक प्रशिक्षण, मजदुर, किसान, उत्पीडित समुदाय, सहिदवेपत्ता परिवार, घाइतेहरुसँंग भेटघाट लगायतका कार्यक्रम रहेका छन् ।
पथरीशनिश्चरे र कानेपोखरीमा पनि अभियान
माओवादी अभियानको लागि मोरङको पथरीशनिश्चरेमा केन्द्रीय सदस्य सरस्वती पोखरेल खटिएकी छिन् । पोख्रेलले नगरपालिकामा आएर नगर पार्टीको अगुवा, नगर र वडाका नेतृत्वहरुसँग भेटघाट तथा कार्यविभाजन भएर कार्यक्रम तयार भएको बताइन् ।
प्रदेश १ का पूर्व उपसभामुख समेत रहेकी केन्द्रीय सदस्य पोख्रेल अभियानमा पथरीशनिश्चरे १० नं. वडामा खटिने भएकी छिन् । मोरङकै कानेपोखरीमा केन्द्रीय सदस्यसमेत रहेका समिता कार्कीको उपस्थितिमा बैठक राखिएको छ । कानेपोखरीमा पनि सबै वडामा अभियानको उद्घाटन हुने पालिकाका अध्यक्ष दुर्गा कार्कीले बताए ।
यस्तै मोरङको ग्रामथानमा सबै वडाहरूमा तीन महिने अभियानको तयारी बैठकहरू भएको छ । बेलबारीमा पनि ११ वटै वडाहरूमा ३ महिने अभियानको लागि तयारी वडा बैठकहरू सम्पन्न भइसकेको जनाइएको छ । बेलबारीमा अभियान उद्घाटनका लागि पर्यटन तथा संस्कृतीमन्त्री सुदन किराँतीले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण