भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाद्वारा रङ्गशालाको अनुगमन
सुर्खेत । सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना रङ्गशालाको अनुगमन गरेका छन् ।
अनुगमन पश्चात् रङ्गशाला परिसरमा वृक्षारोपण समेत गरेका थिए । रङ्गशालाको काम यति बेला धमाधम भइरहेको र लक्ष्य अनुसार नै सम्पन्न गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
मन्त्री ज्वालाले रङ्गशालालाई प्रदेश सरकारले एउटा ड्रिम प्रोजेक्टका आधारमा अघि सारेको बताए । ‘म प्रदेशको अर्थ मन्त्री हुँदा पहिलो पटक १० करोड रकम विनियोजन भएको थियो,’ ज्वालाले भने,‘ प्रदेश सरकारले यसलाई आवश्यक बजेट व्यवस्था गरेर बढाएकोमा गर्व लागेको छ ।’
कर्णालीमा अन्तर्राष्ट्रिय स्तरको संरचना बनेकोमा उनले प्रदेश सरकार र परिषद्लाई धन्यवाद समेत दिए । साथै सङ्घीय सरकारबाट गर्नुपर्ने सहयोगका लागि पहल गरिने पनि उनको भनाइ थियो ।
रङ्गशालाको काम करिब ६५ प्रतिशत भन्दा बढी भइसकेको छ । बिहीबार समाजवादी मोर्चाको कार्यक्रमका सहभागी हुन आएका मन्त्री शर्मा शनिवार दिउँसो काठमाडौँ फर्कने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु
-
‘तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर’
-
पारिश्रमिक माग्दा ‘लापता लेडिज’का अभिनेतालाई निर्देशकले पिटेको दाबी
-
बजेटलाई सघाउने गरी मौद्रिक नीति ल्याउँदैछौँ : कार्यकारी निर्देशक पौडेल
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण