कूटनीतिक संवादमार्फत नक्सा विवाद समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नक्सा विवादको समस्या कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गरिने बताएका छन् । नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र मुलुकले सम्मान गरोस् र स्विकारोस् भन्ने नेपालको अडान रहेको र यही विषयलाई लिएर विवाद गर्नु उचित नहुने उनले बताए ।
हालै चीन सरकारले जारी गरेको नक्सामा नेपालको लिम्पियाधुरा क्षेत्र भारतमा समेटिएको विषयमा प्रतिक्रिया दिँदै मन्त्री साउदले ‘हामी आफ्नो नक्सामा प्रतिबद्ध छौँ, यसलाई धेरै विवाद गरेर अघि बढ्ने भन्दा पनि सबै देशसँग कूटनीतिक संवाद र छलफल गरेर विवादको समाधान गर्न चाहन्छौँ ।’
सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि नेपालको नक्साको सम्मान गर्नुपर्ने उनको भनाइ छ । आइतबार ओखलढुंगा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नक्सा जारी गरेपछि सो नक्सासहितको नोट अरु मुलुकलाई हामीले पठाएको छौँ कि छैनौँ भनेर खोज्न लगाएको थिएँ । हालसम्म पठाएको भन्ने देखिएको छैन ।’
मन्त्री साउदले नक्साको समस्यालाई विवाद नगरी कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गर्ने बताए । ‘नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र मुलुकले सम्मान गरोस् र स्विकारोस् भन्ने हाम्रो अडान त छँदैछ,’ मन्त्री साउदले भने, ‘तर यही विषयलाई लिएर विवाद गर्नु उचित हुँदैन ।’
चीनले हालै सार्वजनिक गरेको नक्साबारे यसअघि नै परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण