म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्न राष्ट्रिय टोलीको घोषणा
काठमाडौँ । अखिल नेपाल फुटबल संघले म्यानमारविरुद्ध दुई वटा मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टोले आइतबार नेपाली टोलीमा रहेका खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।
नेपालले म्यानमारसँग सेप्टेम्बर ८ मा पहिलो र सेप्टेम्बर ११ तारिखमा दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । ती दुवै खेल म्यानमारको याङ्गुनमा खेलिने छ । उक्त खेलमा लागि घोषित नेपाली टोलीको गोलरक्षकमा किरणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल रहेका छन् ।
घोषित नेपाली टोलीको डिफेन्डरमा सनिस श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई र छिरिङ लामा रहेका छन् । मिडफिल्डरमा एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवाश लामिछाने, उत्सव राई र कृतिषरत्न छुन्जु रहेका छन् ।
यसैगरी घोषित नेपाली टोलीको स्ट्राइकरमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया रहेको एन्फाले जनाएको छ ।
नेपालले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको छनोटको प्रारम्भिक चरणको तयारीका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण