डुंगा चलाउने क्रममा एक बालक कर्णाली नदीमा बेपत्ता
आइतबार, १७ भदौ २०८०, १५ : २१
सुर्खेत । डुंगा चलाउने क्रममा एक जना बालक कर्णाली नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ का शिव शाही रहेका छन् ।
उनी आइतबार दिउँसो डुंगा चलाउने क्रममा बेपत्ता भएको दैलेख प्रहरीले जनाएको छ ।
उनले दैलेखको आठबीस नगरपालिका–१ र चामुण्डाबिन्द्रासैनीसँग मिलेको रामाघाट खोला र कर्णालीको दोभा क्षेत्रबाट डुंगा चलाउन सुरु गरेका थिए । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
-
नेपालगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
-
आर्थिक विधेयकमा कुन सांसदले के–के हाले संशोधन ?
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण