जहाँ पुगौँ, जहाँ बसौँ ! सपनामा नेपाल, जपना नेपालको’ नारासहित माओवादी प्रवासले थाल्यो तीन महिने अभियान
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेश कमिटीले ‘जहाँ पुगौँ, जहाँ बसौँ ! सपनामा नेपाल, जपना नेपालको !!’ भन्ने मूल नारासहित ३ महिने अभियान सुरु गरेको छ । आइतबार जुममार्फत समितिका इन्चार्ज राम कार्कीले ताली बजाएर अभियानको उद्घाटन गरेका हुन् ।
बैठकमा प्रवास समितिका अध्यक्ष ओम शर्माले कार्ययोजना तथा कार्यविभाजनको प्रतिवेदन पेस गरेका थिए ।
युगान्तकारी परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अध्यक्ष शर्माले प्रवास समितिलाई संगठनमा जोडिने पुलको काम गर्नुपर्ने दायित्व रहेको बताए । त्यस्तै सम्बन्धी देशहरूमा बसेका नेपालीहरूका समस्याबारे ध्यान दिने उनले बताए ।
अभियानकै बीचमा सम्मेलन गर्ने, कात्तिकमा समीक्षा बैठक बसेर कार्ययोजना बनाउने, अनलाइनमार्फत सदस्यता नवीकरण गर्ने लगायत विषयमा समितिले ध्यान दिने शर्माले बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मण पन्तले माओवादीले ल्याएको एजेण्डा स्थापित हुँदाहुँदै पनि पार्टी कसरी कमजोर भयो भन्ने विषयमा धारणा राखेका थिए । उनले कम्युनिस्ट कमजोर र व्यक्ति शक्तिशाली हुने अन्तर्विरोधका कारण समस्या आएको धारणा राखे ।
‘पहिला पार्टी बलियो थियो, आन्दोलन बलियो थियो, व्यक्ति कमजोर थिए । शान्ति प्रक्रियाबाट आएपछि पार्टी कमजोर र व्यक्ति शक्तिशाली भयो । यही अन्तर्विरोधका कारण समस्या आयो’, उनले भने, ‘पार्टीमा भजन मण्डली हाबी भएकाले पार्टी बिग्रियो । नेताहरूको देवत्वकरण नगरी जनताको एजेण्डा बोकेर हिँड्न सके फेरि माओवादी बलियो हुन्छ ।’
बालुवाटार, खुमलटार वा नेताहरूको पछि लागेर नेता बन्ने दिन गएको उनले बताए ।
‘जुमबाट नेता बन्ने दिन सकियो । बालुवाटार वा खुमलटार कुनै नेताको पछि लागेर नेता बन्न सकिँदैन । नेताहरू नव अवसरवादीहरूको घेरामा परे । काम गर्न सकिँदैन भने राजीनामा दिएर बसे हुन्छ । यस्तो तरिकाबाट पार्टी बन्दैन ।
जुममा प्रवास समितिसँग सम्बद्ध संगठनका केन्द्रदेखि साधारण सदस्यसम्म उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण