स्कुलबाट घर फर्किँदै गरेका दाजु–बहिनीलाई खहरे खोलको बाढीले बगाउँदा मृत्यु
सोमबार, १८ भदौ २०८०, १० : ३८
सुर्खेत । रुकुम पश्चिममा बाढीले बगाउँदा दाजु–बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ का १० वर्षीय मनोज बुढाथोकी र उनकी ६ वर्षीय बहिनी भावना बुढाथोकी रहेको रुकुम प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईका अनुसार उनीहरूसँगै विद्यालयबाट घर आउँदै थिए । स्थानीय म्याउला खहरे खोलाको बाढीले बगाई घटनास्थलभन्दा केही तल शव फेला पारिएको उनको भनाइ छ । घटना आइतबारको हो ।
डीएसपी भट्टराईका अनुसार स्थानीयको सहायतामा खोजतलास गरी आइतबार राती नौ बजेमात्र उनीहरूको शव फेला परेको थियो ।
उनीहरू गाउँकै घर्तिकाँडा आधारभूत विद्यालयमा अध्ययनरत थिए । दाजु मनोज ३ र बहिनी भावना १ कक्षामा अध्ययनरत रहेको प्रहरीले बताएको छ ।
‘खासै अरू समयमा पानी हुँदैनथ्यो, बाढी आएका बेला सँगै तर्न खोज्दा घटना घटेको जस्तो छ,’ डीएसपी भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
-
नेपालगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
-
आर्थिक विधेयकमा कुन सांसदले के–के हाले संशोधन ?
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण