पूर्वगोरखा सैनिकलाई अधिकार दिलाउन सरकारले कूटनीतिक पहल गर्नेछ : मन्त्री साउद
मङ्गलबार, १९ भदौ २०८०, १९ : ४६
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले पूर्वगोरखा सैनिकले पाउनुपर्ने अधिकार बमोजिमको सुविधा प्राप्त गराउन सरकारले बेलायत सरकारसँग कूटनीतिक पहल गर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले १९९७ भन्दा अगाडिका गोरखा सैनिकहरुलाई पनि वेतन र घाइतेहरुलाई पनि अन्य सहुलियत दिनुपर्छ भनेर बेलायतमा भएका गोरखा सैनिक परिवारले आन्दोलन गरिरहेको बताए । उनले पूर्वगोरखा सैनिकले पाउनुपर्ने सुविधा दिलाउने कुरामा सरकार साथमा रहेको बताए । उनले संवादको प्रक्रियाबाट पूर्वगोरखा सैनिकहरुले पाउनुपर्ने अधिकार बमोजिमको सुविधा दिलाउन सरकारले प्रयत्न गर्ने बताए ।
परराष्ट्र मन्त्रालयले सो समस्या समाधानका लागि कूटनैतिक पहल गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण