चितवनमा पाइलट बाबाको आध्यात्मिक शिविर हुने
काठमाडौँ । चितवनमा महायोगी पाइलट बाबाको ५ दिने आध्यात्मिक शिविर हुने भएको छ।
हरिद्वारस्थित पाइलट बाबा आश्रम र महायोग फाउन्डेसनबाट प्राप्त जानकारी अनुसार आउँदो मङ्सिर ८ देखि १२ गते ( नोभेम्बर २४ देखि २८ तारिख ) सम्म चितवनको 'लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट रिसोर्ट'मा आध्यात्मिक शिविर हुन लागेको हो ।
पाइलट बाबाको ध्यान-योग तथा समाधि विषयक यो आध्यात्मिक शिविर 'भिजिट चितवन- २४' को पूर्वसन्ध्यामा हुन गइरहेको छ। भरतपुर महानगरपालिकाले सन् २०२४ लाई 'भिजिट चितवन' वर्षका रूपमा मनाउने घोषणा गरेको छ। भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालले आध्यात्मिक शिविर आयोजना हुन लागेकोमा खुसी व्यक्त गरेकी छन्।
नेपालमा पहिलो पटक आयोजना हुने सो शिविर अवधिमा पाइलट बाबाले सहभागीलाई विभिन्न यौगिक क्रिया - मुद्रा -ध्यान विधि गराउनुका साथै योगको सूक्ष्म रहस्यबारे क्लास लिने जनाइएको छ।
'लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट' का सञ्चालक देवेन लोहनीका अनुसार बाबा मङ्सिर ६ गते चितवन आइपुग्ने कार्यक्रम छ ।
पाइलट बाबाको नेपाल भ्रमणमा शिष्याद्वय महामंडलेश्वर योग माता चेतना, महामंडलेश्वर योग माता श्रद्धाका साथै शिष्या सावित्री ऐमा लगायतका अन्य थुप्रै सामेल हुने आध्यात्मिक शिविरका लागि भारत तथा नेपालमा कोर्डिनेशनको काम गरिरहेका पत्रकार ज्ञानमित्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण