दिलमाया खातीलाई गोपाल योञ्जन स्मृति सम्मान

काठमाडौँ । नेपाली आधुनिक गीत संगीतका नक्षत्र गोपाल योञ्जनको ८० औँ स्मृति दिवसको अवसरमा वरिष्ठ गायिका दिलमाया खाती सम्मानित भएकी छन् । गोपाल योञ्जन प्रतिष्ठानद्वारा भारतको दार्जिलिङस्थित मिरिकमा आयोजित कार्यक्रममा ८५ वर्षिया खातीलाई १ लाख ६० हजार रुपैयाँसहित गोपाल योञ्जन स्मृति स्रष्टा सम्मान प्रदान गरिएको हो ।
‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा....’, ‘खोलाको दुई किनार....’, ‘सम्हाल पछ्यौरी...,’ ‘सम्झे है बुझे है यो मेरो जोवन...’, लगायत थुप्रै नेपाली गीत गाएकी खातीको योगदानलाई कदर गर्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष एवं संगीतकार मित्र लामाले बताए । समारोहमा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, दार्जिलिङ क्षेत्रीय प्रशासन संस्कृति विभाग प्रमुख अनोज थापा, गीतकार डा. जस योञ्जन प्यासी लगायतले प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका ‘गोपालाञ्जली’ लोकार्पण गरेका थिए ।
स्मारिकामा सांगीतिक नक्षत्र गोपाल योञ्जनले नेपाली आधुनिक गीत—संगीतमा पुर्याउनु भएको योगदानका विभिन्न कालखण्ड र घटनावृतान्त समेटिएको छ ।
‘गोपाल योञ्जन नेपाली आधुनिक गीत—संगीतको सगरमाथा हुन्’, योञ्जनको योगदानबारे चर्चा गर्दै साहित्यकार केवलचन्द्र लामाले भने, ‘स्वर, संगीत र शब्दका त्रिवेणी योञ्जन आज संसारभर नेपाली जातियतालाई जोड्ने सेतुको रुपमा स्मरणमा रहिरहने छन् ।’
भारतको दार्जिलिङको मिरिकमा आठ दशकअघि जन्मिएका योञ्जनको विसं २०५४ मा काठमाडौँमा निधन भएको थियो । त्यस्तै समारोह अघि दार्जिलिङ क्षेत्रीय प्रशासन संस्कृति विभाग प्रमुख अनोज थापाले प्रतिष्ठानद्वारा मिरिकमा स्थापित गोपाल योञ्जनको पुर्णकदको शालिकको अनावरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशसभाको बैठक २ घण्टा पछि सर्यो
-
अर्थमन्त्री बोल्दाबोल्दै सांसद पाण्डेको सभामुखलाई प्रश्न– सभा सञ्चालन गर्ने तरिका भएन
-
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
-
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएन
-
प्रतिनिधिसभामा उठ्यो दादागिरीको कुरादेखि यार्सागुम्बाको विषयसम्म
-
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग