दिलमाया खातीलाई गोपाल योञ्जन स्मृति सम्मान
काठमाडौँ । नेपाली आधुनिक गीत संगीतका नक्षत्र गोपाल योञ्जनको ८० औँ स्मृति दिवसको अवसरमा वरिष्ठ गायिका दिलमाया खाती सम्मानित भएकी छन् । गोपाल योञ्जन प्रतिष्ठानद्वारा भारतको दार्जिलिङस्थित मिरिकमा आयोजित कार्यक्रममा ८५ वर्षिया खातीलाई १ लाख ६० हजार रुपैयाँसहित गोपाल योञ्जन स्मृति स्रष्टा सम्मान प्रदान गरिएको हो ।
‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा....’, ‘खोलाको दुई किनार....’, ‘सम्हाल पछ्यौरी...,’ ‘सम्झे है बुझे है यो मेरो जोवन...’, लगायत थुप्रै नेपाली गीत गाएकी खातीको योगदानलाई कदर गर्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष एवं संगीतकार मित्र लामाले बताए । समारोहमा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, दार्जिलिङ क्षेत्रीय प्रशासन संस्कृति विभाग प्रमुख अनोज थापा, गीतकार डा. जस योञ्जन प्यासी लगायतले प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका ‘गोपालाञ्जली’ लोकार्पण गरेका थिए ।
स्मारिकामा सांगीतिक नक्षत्र गोपाल योञ्जनले नेपाली आधुनिक गीत—संगीतमा पुर्याउनु भएको योगदानका विभिन्न कालखण्ड र घटनावृतान्त समेटिएको छ ।
‘गोपाल योञ्जन नेपाली आधुनिक गीत—संगीतको सगरमाथा हुन्’, योञ्जनको योगदानबारे चर्चा गर्दै साहित्यकार केवलचन्द्र लामाले भने, ‘स्वर, संगीत र शब्दका त्रिवेणी योञ्जन आज संसारभर नेपाली जातियतालाई जोड्ने सेतुको रुपमा स्मरणमा रहिरहने छन् ।’
भारतको दार्जिलिङको मिरिकमा आठ दशकअघि जन्मिएका योञ्जनको विसं २०५४ मा काठमाडौँमा निधन भएको थियो । त्यस्तै समारोह अघि दार्जिलिङ क्षेत्रीय प्रशासन संस्कृति विभाग प्रमुख अनोज थापाले प्रतिष्ठानद्वारा मिरिकमा स्थापित गोपाल योञ्जनको पुर्णकदको शालिकको अनावरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण